पोखरामा रोटरीको इन्टरसिटी मिटिङ सम्पन्न
पाेखरा | असोज २२, २०८०
रोटरी इन्टरनेशनल नेपाल ३२९२, नेपाल–भुटानअन्तर्गत रिजन–४ को इन्टरसिटी मिटिङ सम्पन्न भएको छ । पोखरामा शनिबार भएको मिटिङ खासगरी रोटरीको दिगो योजना निर्माण र स्रोत पहिचान विषयमा केन्द्रित थियो ।
वर्ष २०२३÷२४ का लागि रोटरीका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताले रोटरीका योजना छनोट कसरी गर्ने र स्रोत पहिचान कसरी गर्ने भन्नेबारेमा आ–आफ्नो राय प्रस्तुत गरेका थिए । डिष्ट्रिक्ट गभर्नर ध्वजुले रोटरी सामाजिक काम गर्ने ठुलो संस्था भएको बताउँदै समाजले लाभ लिने विभिन्न प्रोजेक्ट गर्दै जानुपर्ने सुझाव दिए ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले कार्यक्रमको सहजीकरण गर्दै रोटरीमा सेवाको अवसर र स्रोत कसरी परिचालन गर्ने भन्ने विषयमा बोलेका थिए । एनएमबि बैंकका पूर्व सिइसो समेत रहेका रोटरियन उपेन्द्र पौड्यालले सामाजिक उत्तरदायित्वको सम्भावना र चुनौतीबारे आफ्नो प्रस्तुति राखेका थिए । यस्तै, ब्रिटिस नागरिक वरिष्ठ समाजसेवी डगलस म्याक्लगनले सामाजिक कार्यका लागि वित्तीय स्रोत कसरी पहिचान गर्नेबारेमा बोलेका थिए । कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर जितेन्द्रबाबु राजभण्डारी, पूर्व गभर्नर सन्तोष रिजाल, पूर्व गभर्नर सञ्जय गिरी लगायतले पनि बोलेका थिए ।
इन्टरसिटी मिटिङका सभापति इविन्द्र तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत डिष्ट्रिक्टका सहसचिव सन्तोष पोखरेल, धन्यवाद ज्ञापन डिष्ट्रिक्ट मेम्बरसिप चेयर सुवाश सिग्देलले गरेका थिए । कार्यक्रम सञ्चालन रिजनल ट्रेनिङ चेयर लक्ष्मी थापा गिरीले गरेकी थिइन् । रोटरी इन्टरनेशनल नेपाल ३२९२, नेपाल–भुटानअन्तर्गत रिजन–४ मा कुल १७ रोटरी क्लब छन् । तीमध्ये १५ रोटरी क्लबले भाग लिएको रोटरी लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देलले बताए ।
पोखरा: कास्की प्रहरीले पोखरा १७ ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

